मल्मको आगाखेत देखि घुम्टे जोडने पर्यटन पदमार्ग निर्माण कार्य तिव्र

प्रकाशित मिति:

कौरव खत्री  बागलुङ ३२ जेठ । गलकोट नगरपालिका ७ मल्ममा पर्यटन पदमार्ग निर्माण कार्य तिव्र रुपमा अगाडी बढेको छ । गण्डकी प्रदेश सरकार पर्यटन तथा वन मन्त्रालयको आर्थिक वर्ष २०७५र०७६ को बजेट रु २० लाख आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण कार्यलाई अगाडी बढाईएको पर्यटन पदमार्ग निर्माण समितिका अध्यक्ष रुद्र केसीले जानकारी दिनुभयो । दरमखोला भीमसेन ढुङगा देखि मल्म आॅगाखेत, सिरबारे, मल्मडॉडा, भल्साङ, राम्चे ढुङगा हुॅदै घुम्टे जोडने उक्त पदमार्गको यस वर्ष ६ सय मिटर मार्ग निर्माणको कार्य सञ्चालनमा रहेको अध्यक्ष केसीले बताउनु भयो ।

पर्यटकीय स्थल राम्चे ढुङगा, पाण्डवखानी सिद्वथान होम स्टे र घुम्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई सहजता प्रदान गर्न यो पर्यटन पदमार्ग प्रभावकरी हुने केसीको भनाई छ । त्यस्तै यसै पर्यटन पदमार्ग अन्तर्गत मल्मको टोकरी अजिराखर्क, तुलसी मैरो, सानो घुम्टे हुॅदै घुम्टे सम्मको निर्माण कार्य पनि सञ्चालन भईरहेको छ । निर्माण कार्यलाई तदारुकताका साथ अगाडी बढाईएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितीका अध्यक्ष राम बहादुर विकले जानकारी दिनुभयो । पर्यटन पदमार्ग निर्माणको लागि भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले समन्वय गरिरहेको छ ।

पुरातात्विक हिसाबले महत्व होस भन्ने हिसाबले स्थानिय ढुङगा र माटोबाट पदमार्ग निर्माण भईरहेको छ । विदेशी पर्यटकहरु सडक मार्ग भन्दा ट्रेकिङ रुट मार्फत पदमार्गको प्रयोग गर्ने हुॅदा यसले थप महत्व राख्ने भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा ६ सय मिटर पदमार्ग निर्माण हुने र बॉकी क्रमागत योजनामा समावेश गरि योजनालाई बॉकी काम अगाडी बढाईने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । अहिले मल्मको आगॉखेत देखि तल्लो सिरबारे, माईको थान हुॅदै सिरबारे र अजिराखर्क, तुलसी मैरा सम्मको ट्रयाक सम्पन्न हुने छ ।