कटरीना भन्छिन् म हरर फिल्म हेर्न सक्दिन त्यसैले खेल्दिन

प्रकाशित मिति:

एजेन्सी /बलिउड अभिनेत्री कटरीना कैफ अभिनित फिल्म ‘भारत’ले अहिले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । प्रायः रोमान्टिक र एक्सन प्रधान फिल्ममा अभिनय गरेकी कट्रिनाले हरर फिल्मको प्रस्ताव आएमा आफुले खेल्न नसक्ने बताएकी छिन् ।

कट्रिनाले आफू कहिल्यै हरर फिल्म नगर्ने बताउँदै भूतप्रेतका कुराबाट आफु असाध्यै डराउने भएकाले यस्ता फिल्म कहिल्यै खेल्न नसक्ने र हेर्ने नगरेको बताउँछिन् । उनी भन्छिन् ‘म सजिलै डराउँछु, त्यसैले हरर फिल्मबाट टाढै बस्छु । र, म कहिल्यै हरर फिल्म पनि गर्ने छैन । ‘

लगातार बिग बजेटका २ फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ र ‘जिरो’ फ्लप भएपछि तनावमा रहेकी कट्रिनाको पछिल्लो फिल्म ‘भारत’ले सफलताको सिंढी चढिरहँदा पुलकित भएकी छिन् ।उनी बलिउड बजारमा राम्रो छाइरहेकी छिन् ।फिल्मले प्रदर्शनको ६ दिनमा भारतबाट मात्र १ सय ५९ करोडको व्यापार गरिसकेको छ ।कट्रिनाको अघिल्लो प्रोजेक्ट रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ रहेको छ जसमा उनको अपोजिट अक्षय कुमार हुनेछन् ।