सल्यानमा आगलागी हुँदा ३ घर गोठ जलेर नष्ट

प्रकाशित मिति:

सल्यान/सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालीका– ५ लेखपोखरामा सामुदायिक वनबाट लागेको आगलागीका कारण ३ घर जलेर नष्ट भएका छन । शनिवार दिउँसो ११ बजेतिर स्वर्गद्धारी सामुदायिक वन र शिद्धपोखरी सामुदायिक वनमा भएको आगलागी बस्ती छिरेपछि स्थानीयका ३ घर गोठ जलेर नष्ट भएका हुन ।

छत्रेश्वरी गाउँपालीका वडा नमबर ५ का वडा अध्यक्ष लिलाधर घर्तीका अनुसार स्थानीय युद्धबहादुर पुनको घर, तीलक नेपालीको घर र नन्दराम खत्रीको गोठ जलेर नष्ट भएको हो ।उहाँका अनुसार आगलागीबाट घर भित्रका सम्पुर्ण सामान पुर्णरुपमा नष्ट भएका छन् ।आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।