प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तरुण दल काठमाडौंका सचिवसहित २ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउने क्रममा तरुण दलका २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम शाह र अर्का एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए। सरकारको विरोधका क्रममा सानो संख्यामा तरुण दलका कार्यकर्ता विमानस्थल पुगेको शाहीले बताए। पक्राउ परेका दुबै जनालाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ।