नेपाली नर्सलाई जापानमा अवसर, कात्तिकमा भाषा परीक्षा

१ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
648 Shares


काठमाडौं – जापानले पहिलो चरणमा नेपाली नर्सलाई रोेजगारी दिने भएको छ। यसका लागि आगामी अक्टोबर (कात्तिक) मा भाषा र सीप परीक्षणको तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार समझदारीअनुसार पहिलो चरणमा नर्सिङ क्षेत्रबाट मात्र नेपाली कामदार जापान पठाइनेछ। चैत ११ गते ‘जिटुजी’ मार्फत् श्रमिक लिने गरी नेपालसँग श्रम समझदारी गरेको जापानले यसको तयारी गरिरहेको जानकारी गराएको छ।

विभिन्न देशबाट श्रमिक भर्तीका लागि सीप र भाषा परीक्षणका लागि संस्था छनोट गरिसकेको जापानले जनाएको छ। कम्प्युटरबाटै परीक्षा लिनका लागि प्रोम्याट्रिक संस्थालाई छनोट गरिएको छ। जापान जान चाहने नेपाली श्रमिकले ‘एटु’ लेभलको जापानी भाषा जान्नुपर्ने हुुन्छ। तर, आधारभूत भाषाभन्दा कामसँग सम्बन्धित भाषालाई प्राथमिकता दिइने छ। जापान जान चाहने नेपाली श्रमिकले ‘एटु’ लेभलको जापानी भाषा जान्नुपर्ने हुन्छ। तर, आधारभूत भाषाभन्दा कामसँग सम्बन्धित भाषालाई प्राथमिकता दिने जानकारी गराएको महानिर्देशक भुसालले बताए। श्रम समझदारी भए पनि अन्योलमा परेको भनिएको जापानको रोजगारी अगाडि बढाउन जापानले तदारुकता देखाएको छ। दक्षिण कोरियाकै मोडलमा श्रमिक पठाउने भनिए पनि जापानले फरक प्रक्रियाबाट तयारी थालेको छ। जापान जान चाहने नेपाली श्रमिकले ‘एटु’ लेभलको जापानी भाषा जान्नुपर्ने हुन्छ। तर, आधारभूत भाषाभन्दा कामसँग सम्बन्धित भाषालाई प्राथमिकता दिइने छ।

हरेक क्षेत्रका श्रमिक लिँदा जापानले फरकफरक समयमा छुट्टाछुट्टै भाषा र सीप परीक्षण गर्ने भएको हो । कामअनुसार भाषा परीक्षा लिने भएकाले जापानले यस्तो प्रक्रिया अपनाउने भएको महानिर्देशक भुसालले बताए। सीप र भाषा परीक्षाका लागि श्रमिकले ४ हजार ५ सय यन (४ हजार ६ सय ३८ रुपैयाँ) तिर्नुपर्नेछ । अरु लागत टुंगो लागिसकेको छैन। कति लाग्ने र कसले तिर्नुपर्ने भन्ने अन्योलमा छ। कति श्रमिक र अरु कुन कुन क्षेत्रमा लैजाने भन्ने टुंगो छै्रन ।परीक्षामा उत्तीर्ण भएकाहरू सूचीअनुसार जान पाउनेछन्।

नेपालले भने जापान श्रमिक पठाउने छुट्टै संयन्त्र बनाएको छैन। तत्कालका लागि वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंलाई सम्पर्क अधिकृत तोकिएको छ। यस्तै, जापानले पहिले नेपाली श्रमिक जाँदाको प्रक्रियाबारे समेत चासो राखेको छ। जापानमा काम गरेर फर्किएका र जापानमा अध्ययनरत विद्यार्थी फेरि जानुपर्‍यो भने त्यसको प्रक्रिया के कस्तो हुन्छ ? भनी नेपालसँग जिज्ञासा राखेको छ। जापानसँग अप्रिलबाट कार्यन्वयन हुने गरी पाँच वर्षका लागि श्रम समझदारी भएको छ। जापानले दक्षिण एसियाली मुलुकमध्ये नेपालबाट मात्र श्रमिक लैजानेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया