कुमारी बैंकको अध्यक्षमा जबरा

प्रकाशित मिति:

काठमाडौं – कुमारी बैंकको अध्यक्षमा अमिर प्रताव जबरा चयन भएका छन्। शुक्रबार बसेको विशेष साधारण सभाबाट बैंकको अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन्। संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने जबरा र कृष्ण प्रसाद ज्ञवालीका साथै सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने श्री महेश प्रसाद पोखरेल र श्रीमती अनुराधा चौधरी निर्विरोध निर्वाचित भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश प्रसाद पाठकसहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमन अध्यक्ष सन्तोष कुमार लामालगायतले स्वागत गरेका थिए।