कस्तुरीको विणासहित २ जना पक्राउ

प्रकाशित मिति:

लहान – सिरहामा प्रहरीले कस्तुरीको विणासहित २ जनालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका- २१ का कैलाश कुमार यादव र सोही नगरपालिका वडा नम्बर १३ का २८ वर्षीय अभासकर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।

भारतीय सिमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेका ना २२ प.८००४ र बिआर ०७ जेड ३३२० नम्बरको भारतीय मोटरसाईकल चेकजाँच गर्दा १२ ग्राम विणा वरामद भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।