‘एन्ड्रोइड’ फोनको सुरक्षामा खतरनाक २२ एप, तपाईको मोबाइलमा त छैनन्?

प्रकाशित मिति:

‘एन्ड्रोइड’ मोबाइलमा बिभिन्न किसिमका एपहरु हुन्छन्। जुन हामी ‘प्ले स्टोर’बाट डाउनलोड गरिरहेका हुन्छौँ। हामीले ‘प्ले स्टोर’बाट एप ‘डाउनलोड’गर्दा कहिलेकाँही यस्ता एप पनि ‘डाउनलोड’ हुन्छन्, जसले हाम्रो मोबाइललाई नराम्रो असर गर्छ।

हाम्रो ‘एन्ड्रोइड’ फोनमा भएका बिभिन्न २२ वटा एपले फोनको सुरक्षाका साथै फोनमा भएका ब्यत्तिलगत सूचनामासमेत नराम्रो असर गर्छ। यी एपहरु डाउनलोडगर्दा मोबाइलको सुरक्षामा चार्ज छिटो सक्किने,स्लो हुने लगायलका समस्या आउँछन्, भने फोनमा भएका ब्यक्तिगत सूचनासमेत खतरामा पर्नसक्छन्।

हुन त गुगलले यस्ता एपलाई खोजेर डिलिट गर्ने गरेको छ। तर गुगलले हटाउनुभन्दा अगाडि नै हाम्रो मोबाइलमा डाउनलोड भइसकेका छन् भने हामी समस्यामा पर्नसक्छौँ। यी बिभिन्न एपहरु २० लाख बढी पटक डाउनलोड भइसकेको तथ्यांक साइबर सेक्युरेटी रिसर्चले देखाएको छ।  साइबर सेक्युरेटी रिसचर्सले गुगल ‘प्ले स्टोर’मा भएका यस्ता २२ वटा एप पत्ता लगाएको छ, जुन ‘एन्ड्रोइड’ फोनको लागि निक्कै हानीकारक मानिन्छन्।

मोबाइलको सुरक्षामा खतरनाक २२ एप

Sparkle FlashLight, Snake Attack, Math Solver, ShapeSorter, Take A Trip, Magnifeye, Join Up, Zombie Killer, Space Rocket, Neon Pong, Just Flashlight, Table Soccer, Cliff Diver, Box Stack, Jelly Slice, AK Blackjack, Color Tiles, Animal Match, Roulette Mania, HexaFall, HexaBlocks, PairZap