खेतबारीका लागि मल अभाव भयो

प्रकाशित मिति:

धानका लागि चाहिने मल देशैभरि अभाव भएको छ । रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका छन् । भारतबाट मल ल्याउनुपर्ने बाध्यताका कारण यस पटिकपनि मल अभाव देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव तेज सुवेदीले तत्काल समस्या समाधान गर्न कृषि सामग्री केन्द्रलाई निर्देशन दिइसकेको बताउनुभएको छ । मनसुनी वर्षाले साथ दिएकाले यस वर्ष देशैभरि बेलैमा रोपाइँ भएको थियो । मौसमले साथ दिए पनि मल नहुँदा उत्पादन कम हुनेतर्फ किसान चिन्तित छन्।