दक्षिण कोरियाका संघराजाद्वारा लुम्विनीमा मुकुट धारण

प्रकाशित मिति:

बुटवल /प्रथम लुम्विनी विश्व बुद्धिष्ट संघ समारोह तथा विश्व संघराजा पदस्थापन् समारोह लुम्विनीमा सम्पन्न भएको छ । एक विशिष्ट समारोहका बीच दक्षिण कोरियाका संघ राजाले संघ राजाको मुकुट धारण गरेका छन् । दक्षिण कोरियाका महायानी सम्प्रदायका संघराजाले संघराजाको उपाधि बुद्धजन्मस्थल पवित्र भूमि लुम्विनीमा ग्रहण गर्ने इच्छा गरेअनुरुप दक्षिण कोरियाका नवनियुक्त संघराजा सिंङहिङ योङले संघराजाको मुकुट एक समारोहका बीच लुम्विनीमा धारणा गरेका हुन् ।

सो समारोहका लागि दक्षिण कोरियाका संघ टोली शनिबार लुम्विनी आइपुगेको थियो । सो टोलीलाई विश्व बुद्धिष्ट संघ एसोसियसनले समारोहका लागि व्यवस्था मिलाएको संघका नेपाल अध्यक्ष अशोक थापाले जानकारी दिनुभयो । संघराजा भन्नाले दक्षिण कोरियामा बुद्ध गुरुहरुका पनि मूख्य गुरुको रुपमा उच्च सम्मान दिने गरिन्छ ।