ट्यांकर आक्रमणमा इरानमाथि साउदी अरेबियाको आरोप

प्रकाशित मिति:

एजेन्सी /साउदी अरेबियाले गत बिहिबार ओमानको खाडीमा दुई वटा तेल ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ ।साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानले आफ्नो देश कुनैपनि चुनौतिको सामना गर्न नहिच्किचाउने जनाएका छन् । केही समययता खाडी क्षेत्रमा तनावको अवस्था छ । गत महिनामा पनि युनाइटेड अरब इमिरेट्सको खाडीमा चार वटा जहाजमा आक्रमण भएको थियो । सो घटना लगत्तै अमेरिका र इरानबीच भनाभनको अवस्था उत्पन्न भएको थियो ।

अमेरिकाले पनि पछिल्लो आक्रमणमा इरानको संलग्नताको आरोप लगाएको छ भने इरानले अस्वीकार गरेको छ । साउदी युवराज सलमानले आफूहरुले सो क्षेत्रमा युद्ध नचाहेको तर देशका जनता र सार्वभौमसत्तामाथि चुनौति आएमा पछि नहट्ने समेत जनाएको छ ।