२० हजार घुससहित यातायात व्यवस्था कार्यालय बुटवलका मेकानिकल इन्जिनियर साह पक्राउ

प्रकाशित मिति:

बुटवल ।  यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी सेवाग्राहीबाट घुससहित पक्राउ परेका छन् ।

कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो ।

नयाँ सवारीसाधन दर्ताका लागि साहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।