खुशीको खबर ,पेट्रोल, डिजेल र मटितेलको मुल्य घट्यो

प्रकाशित मिति:

काठमाडौँ /नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा २्२ रुपैंया घटाएको हो । नयाँ निर्धारित मुल्यअनुसार अब पेट्रोल प्रतिलिटरको १ सय ८ रुपैयाँ पर्नेछ ।

त्यस्तैगरी डिजेल र मटितेल प्रतिलिटर ९६।५० पर्नेछ । यो मुल्य आईतबार साँझ १२ बजेबाट लागुहुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् । हवाई ईन्धन र एलपी ग्याँसमा भने खुद्रा विक्री मूल्य नघटाईएको गोईतले जानकारी दिएका छन् ।