शिल्पा र आयुष्मान अभिनेत ‘सानो मन’ को ट्रेलर सार्बजनिक

प्रकाशित मिति:

काठमाडौँ /अभिनेत्री शिल्पा मास्के र आयुष्मान देशराज जोशी अभिनेत फिल्म ‘सानो मन’ को ट्रेलर सार्वजनिक गरिएको छ ।ट्रेलरमा आयुष्मान र शिल्पाबीचको प्रेम सम्बन्धमा आउने उचारचढावलाई देखाइएको छ । आइतबार निर्माता टोलीले फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतपछि ट्रेलर सार्वजनिक गरेको हो । फिल्मलाई समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेका हुन् ।

फिल्मको निर्देशन सुयोग गुरुङको रहेको छ । उनको यो डेब्यू निर्देशन हो । फिल्म ओ।पि।जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको छ । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन गरेका फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् ।फिल्मलाई आलोक शुक्लाले खिचेका छन् । आयुष्मान र शिल्पासंगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको सानो मन असार २० गतेदेखि प्रदर्शन हुँदैछ ।