जन्म दिन मनाउने फरक शैली यी युवाको

प्रकाशित मिति:

बुटवल / सामाजिक काममा अग्रसर युवा केशव खनालले आफनो जन्मदिन आईतबार आम्दा महिला तथा बाल अस्पतालका बिरामीहरुलाई भेटेर नगदी खाम वितरण गरेर मनाएका छन ।अस्पतालमा उपचारमा रहेका विरामीलाई फलफुलभन्दा नगदको खाचो हुने तर्क गर्दै उनले खाम अभियानको सार्थकता प्रष्टयाए ।

कार्यक्रममा आम्दा अस्पतालका डा केशव प्रसाद शर्माले नमुना काम भएको बताए । यो सचेतनाका कार्यक्रम भएकाले पनि यसबाट धेरै समुहमा अभियान जाने उनले आशा ब्यक्त गरे ।जिल्लामा धेरै संघसंस्थाहरुले फलफुल वितरण कार्यक्रमको आयोजना गर्दै आएको भन्दै यसको विकल्पमा खाम अभियान धेरै प्रभावकारी रहेको उनले बताए ।

खाम अभियान शुरुवात गरेका अभियन्ता मुक्ति प्रसाद पौडेलले समाज परिवर्तनको बाहक युवा भएकाले पनि नया र रचनात्मक काममा युवाको अग्रसरताको खाचो रहेको बताए । अस्पतालमा उपचारमा रहेका विरामी फलफुल खान नहुने तर आफन्तले भेट्न जादा फलफुल ल्याउने प्रचलन हाम्रोमा धेरै पहिलेदेखि रहको भन्दै यो चिर्नु समयको माग भएको बताए