यसकारण हुनसक्छ अमेरिकी ‘भिजिट भिसा’ रिजेक्ट

२ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
50 Shares


काठमाडौं/ अमेरिका जान चाहने नेपालीको सङ्ख्या धेरै छ । घुम्नकै लागि भए पनि अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने चाहना धेरै नेपालीको छ तर कतिय अवस्थामा यो सम्भव हुँदैन । अमेरिका जानका लागि धेरैले पर्यटकीय भिसा ९भिजिट भिसा० मार्फत आवेदन दिए पनि भिसा पाउँदैनन् । अमेरिका जान चाहने नेपालीको संख्या कम भने छैन ।

अमेरिकी भिसा अधिकारीहरुले आवेदकको अमेरिका जानुपर्ने कारण, उद्देश्य, अमेरिका बसाईमा हुने खर्च, फर्केर आउने विश्वसनीयता, व्यवसायिक प्रयोजन र आर्थिक अवस्थामा विश्वस्त हुन नसके भिजिट भिसा अस्विकृत गरिदिन्छन् । भिसाका लागि अमेरिकी अध्यागमन कानूनले विभिन्न योग्यताहरु राखेको छ ।ती योग्यता आवेदकले पुरा नगरेमा भिसा अस्वीकृत हुन्छ । अमेरिकी कन्सुलर अधिकारीहरुले भिजिट भिसाका लागि धेरै आवेदन पर्ने हुँदा निकै छोटो समयमा निर्णय लिन्छन् । भिजिट भिसाका आवेदकले निकै छोटो समयमा आफ्नो मनसाय स्पष्ट पार्न नसक्दा भिसा अस्वीकृत हुने सम्भावना हुन्छ ।

तर, एकपटक भिसा अस्वीकृत हुँदैमा अर्को पटक नपाइने भन्ने होइन । तपाईंको अमेरिका जानुपर्ने स्पष्ट कारण र असल मनसाय भएमा पुनस् आवेदन भर्ने र अन्तर्वार्ताका लागि अर्को समयको तय गर्नुपर्दछ । तर सम्पूर्ण प्रक्रियाका लागि पहिले झै नयाँ प्रक्रिया र शुल्क तिर्नुपर्दछ ।भिसा अस्वीकृत भएपछि अमेरिकी दूतावासको वेबसाइटमा गएर पुनरावलोकन पनि गर्न सकिन्छ । भिसाका लागि कन्सुलर अधिकारीहरुले स्वतन्त्र निर्णय गर्छन् । उनीहरु कुनै बाह्य दबाब वा प्रभावले काम गर्दैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया