आकाश र स्वस्तिमाको रोमान्स

प्रकाशित मिति:

काठमाडौं– गायक विक्रम धमला र गायिका आकांक्षा बस्यालको नयाँ गीत ‘महसुस’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।ओएसआर डिजिटल मार्फत बजारमा ल्याइएको उक्त भिडियमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको छ । निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियो निकै राम्रो बनेको छ ।

कुलेखानी लगायत आसपासका क्षेत्रमा खिचिएको भिडियोमा त्यस क्षेत्रका मनोरम दृश्य देख्न पाइनेछ । बुद्व थापाले खिचेको भिडियोमा विकास धमलाले सम्पादन गरेका हुन् ।महसुस’ गीतमा सुरज शाही ठकुरीको शव्द, संगीत तथा एरेञ्ज रहेको छ । यस अघि आहत एल्बमका बजारमा ल्याएका चर्चा बटुलेका विक्रमले दर्जन बढी गीतमा स्वर दिइसकेका छन् ।पूर्व सुनसरीका विक्रमले कर्मथलो काठमाडौं बनाएर सांगीतिक क्षेत्रमा लागिरहेका छन् । उनको पछिल्लो सार्वजनिक ‘महसुस’ गीतलाई दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । सार्वजनिक भएको एक दिनमै गीतलाई झण्डै एक लाख दर्शकले हेरेका छन् ।