लोकसेवा आयोगको अनलाइन सिस्टममा समस्या

२ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – लोकसेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् । स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार लोक सेवाको वेबसाइट http://psconline.psc.gov.np/ छिनछिनमा लोड नहुने समस्या देखिएको छ ।

स्थानीय तहका ९ हजार १६१ पदमा पदपूर्तिका लागि आयोगले खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम म्याद भोलि मंगलवार हो । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिन्छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न आदेश दिएपछि अलमलमा परेका युवाले सर्वोच्चले विज्ञापन नरोकेपछि फारम भर्ने क्रमलाई तीव्रता दिएका छन् । फारम भर्नेहरूको चापका कारण सर्भरमा समस्या देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट
  • घरेलु तथा साना उद्योग कार्यालयकोे टोलीद्वारा उद्योग संघमा आव उद्योगहरु…
  • बाढी पहीरोवाट भएको क्षती वारे कांग्रेस नेताहरु द्धारा निरीक्षण ।
  • बलिउडमा हंगामा : दीपिकाले स्विकारिन् ड्रग्स च्याटको कुरा