उपचारपछि अपाङ्ग बालिका सपाङ्ग

प्रकाशित मिति:

अर्जुन भुसाल
अर्घाखाँची भदौ २८ । सन्धिखर्क ११ अर्घाकी विन्दु विकलाई केहि समय पहिले सम्म अपाङ्ग छोरी रोजाको चिन्ताले धेरै सताउँथ्यो । खुट्टा सम्बन्धी अपाङ्गता भएकी छोरीलाई हिड्डुल गर्न निकै समस्या थियो । पैतला माथि फर्किएकाले रोजा तिर्घाले टेकेर डिड्न बाध्य थिइन । गरिविको पीडाबाट पिल्सिनु पर्दा विन्दुले छोरीको उपचार संभव देखेकी थिइनन् । विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रले छोरीको निशुल्क उपचार गरिदिएपछि उनी खुसी भएकी छिन् । छोरीका दुबै खुट्टा समान्य अवस्थामा फर्कदै छन् । सजिलै टेकेर हिड्न थालेकी छिन् । ‘उपचार गर्न दिल्ली लगेका थियौं’ उनले भनिन, ‘खर्चिलो हुने भएपनि उपचार नगरि फर्कियौं ।’ ‘अपाङ्ग बाल अस्पताल केन्द्रले अपाङ्ग छोरीलाई सपाङ्ग बनाइदियो’ उनले थपिन, ‘यो संस्थाले कहिल्यैं नभुल्ने गुन लगायो ।’ बनेपामा रहेको अस्पलताले करिव तिन महिना लगाएर उपचार गरेको हो । उपचारमा करिव पाँच लाख रुपैया खर्च भएको सक्षम परियोजना अर्घाखाँचीका संयोजक लेखनाथ आचार्यले बताए ।
विन्दु माओवादी जनयुद्धकी पूर्णकालिन कार्यकर्ता हुन । जनयुद्धमा सँगै काम गरेका रञ्जित सँग ०६३ सालमा बिवाह गरेकी थिइन । श्रीमानको गत स्थानीय निर्वाचनको राती लडेर मृत्यु भएपछि उनको काँधमा धेरै जिम्मेवारी आएको छ । एक छोरा र छोरीलाई कसरी पालनपोषण गर्ने र उचित शिक्षा दिलाउने भन्ने चिन्ताले उनलाई पोल्ने गरेको छ । बेल्वासे परिवारकी विन्दुले अन्र्तजातिय बिवाह गरेपछि माइत आउजाउ छैन । आमा र भाइहरुसँग भेट हुने गरेपनि बुवा सँग विवाह पछि भेट नभएको उनी बताउँछिन् । ‘अन्र्तजातिय विवाह गरेपछि सबैबाट पराइ भएँ’ आशु झार्दै उनले भनिन, ‘छोराछोरीको मुख हेरेर बाचेकी छु ।’ सम्पत्तिको नाममा एउटा घर छ । एक्लो घर बस्न डर भएपछि भाडाको घरमा बसेकी छिन् । गाउँकै एउटा विद्यालयमा कार्यालय सहयोगीको काम गरि उनले जेनतेन खर्च चलाएकी छिन् । युद्धकालमा एरिया इन्चार्ज हुँदै अनेम संघ क्रान्तिकारीको जिल्ला उपाध्यक्ष सम्म भएको उनले बताइन । ‘समय दिन नपाएपछि राजनीतिलाई निरन्तरता दिन सकिँन’ उनले भनिन, ‘नेता बन्ने रहर थियो ।’
संस्थाकी पुर्नस्थापन सहायक रक्षा केसीले रोजाको उपचार गर्न सफल भएकोमा आफूहरुलाई निकै खुसी लागेको बताइन । ‘छोरीको उपचारले विन्दु दिदिको पीडाको घाउमा मलम लगाउन सकेको महसुस भएको छ’ उनले भनिन । परियोजना संयोजक आचार्यले सानो उमेरमै उपचार पाएमा अपाङ्ग भएकालाई पनि सपाङ्ग पार्न सकने बताए । उनले कार्यक्रम लागू भएपछि अपाङ्गता भएका बालबालिको स्वास्थ्यमा धेरै सुधार आएको बताए । ८२ जना बालबालिकाको निमार्णत्मक शल्यक्रिया भएको छ’ उनले भने, ‘१५८ जनालाई सहयाक सामग्री वितरण गरिएको छ ।’ ०६८ को जनगणना अनुसार जिल्लामा ५१ सय ५८ जना व्यक्तिहरु अपाङ्गता भएका छन् । जस मध्ये ३४ सय ७३ जनाले अपाङ्गता परिचय पत्र लिएका छन् ।