मेरा अपरिचित

प्रकाशित मिति:

राति अबेरसम्म निन्द्रा लागेन । फेसबूक खोलेर मनले खाएका सबैको प्रोफाएल हेरे ।मनले अझै चाहनेहरुको टाईमलान तलसम्म हेरे । त्यतिबेला सम्म इन्बक्समा थुप्रै म्यासेजहरु आएका थिय तर ति म्यासेजहरु एक एक गरी हेर्ने र प्रतिकृया दिन मन लागेन्, अनि सुते । सपनामा बुवाको मिसकल देखे, कलब्याक गरे । बुवाले फोन उठाएर उतातिर आमालाइ सन्केत गर्दै बोलाउनु भो ” ए राधेकी आमा छोरिको फोन आयो आइज्” ।उता टाढैबाट आमाको आवाज सुनिन्थ्यो ” हिजो भैसी ब्यायो, बाक्लो बेगुती लागेको छ्, खान दिन पाइने होइन त्यो कम्पुटरको टोक्रोमा मात्र बोलेर क गर्नु ?

एक दिन मात्र पनि त्यो फेसबूक वा स्काइपमा अनुहार हेर्न नपाए आत्तिने मेरी आमाले कम्पुटरलाइ गाली गर्दै घुर्कायको देखेर मलाइ हासो उठ्यो, हास्न मात्र खोजेको थिए,ब्युंझे। म एकछिन नहासेको भए,ब्युझिन्नथे हेला, बुवासंग अझै कति मिठामिठा भलाकुसारी गर्थे होला। आजको हंसाइले राम्रो गरेन मलाई, आफैसंग रिस उठ्यो। फेसबूक खोले, म फुर्सदको वेला फेसबूक खोल्छु, कामले ब्यस्त भएर एकछिन विश्राम लिदा पनि खोल्छु र मेरा आफन्तका दैनिकीसंग समाहित हुन्छु।कक्षा एक देखि स्नातक्कोत्तर सम्मका साथिहरुको सम्झनामा होस , बिसवर्षे जागिरका सहकर्मी होस वा एक दिने तालिमका सहपाठी, मनाडंद्खि दैलेखसम्म घुमेका सहयात्री होस वा कान्तिपुर बसमा ठेल्दै छिरेका पॉच मिनेटे सहयात्री, सम्झ्यो कि प्रोफाइलमा भेटिहालिन्छ। कसैगरी उनिहरु नभेटे उनका छोराछोरीको त पक्कै। फोटो, स्टाटस हेर्छु र भेटनुको प्यास मेटाउछु। घर-परिवार आफन्त तथा साथिहरुसंग टाढा बस्नेहरुको लागि वरदान हो सामाजिक संजाल। आमाकै आवाजले ब्युंझेपनि आमालाई अनलाइन नदेखेपछि फेरी केही आफन्तहरुको आजको दैनिकी हेर्दै मोबाइल लामै समय स्क्रोल डाउन गरिरहे। आमाको भिडियो कल आयो, लामै समय भलाकुसारी गरे, मेरी आमा मलाइ भिडियोमा हेरेर गफ गर्न निकै मन पराउनु हुन्छ, बूवा जस्तै। बूवाले कहिले काहि जिस्काएर, आमालाइ इंकित गर्दै भन्नु हुन्थो, “यस्को विश्वविध्यालयको प्रमाण पत्र नभएर मात्र हो नाइत यो म भन्दा माथिल्लो तहकी प्राध्यापक हुन्थी, लेक्चर दिन निकै आउछ यसलाइ”। मैले बुवाको बोली सम्झिदै, आमासग गफ गरिरहे। आमा-छोरीको गफ निकै लम्बियो। भेसीको कति दुध दियो, नाति नातिनीको स्कुलको रिजल्ट देखि लिएर, स्मार्ट सिटी वालिड्का गतिविधि लगायत प्र. म.ओलिको जोक्स समेत सुनाउनु हुन्छ मेरी आमा। म पनि आफुले पहिल्यै देखिसकेका, पढिसकेका कुरा पनि आमाको मुखबाट सुन्न निक्कै मन पराउछु र दोहोरयाई तेहर्याई सोधिरहन्छु। आमासंगको गथासो सकिदा निकै बेर भइसकेको थियो। म्यासेन्जरमा थुप्रै म्यासेजहरु थिए। धेरैजसोलाई जवाफ दिएर आफुलाई भाग्यमानी ठाने।

केही म्यासेज यस्ता हुन्छन कहिले कॉही हॉसो लाग्छ, कहिले दिक्क। सामाजिक संजालमा आएका फ्रैंड सिक्योट सबैलाई शुरुमै चिन्न सकिन्न। आफन्तै होलान भनेर एक्सेट गर्यो, पछि आउने रोमान्चक मेसेजहरू धेरै अनुत्तरित नै हुन्छन। तिनका उत्तर नपठाए पछि, थप प्रश्नहरू शुरु हुन्छन, जून पढदा लाग्छ कि फेसबूकको ग्रिन वटनको मतलब भट्टि पसलको ढोका खुल्ला छ भन्नुको संकेत हो। बेस्सरी गालि गर्नु मन लाग्छ। फेरी सम्झिन्छु मान्छेको भिन्न भिन्न विवेक र हैसियत।

कहिले कॉहि सोच्छु अफलाइन बसु वा डिएक्टीभेट नै गरु, पुन सम्झिन्छु केही सामाजिक दरिद्रताको कारण मेरा आफन्तहरू, साथिहरू र म आफैलाइ पनि किन अन्याय गरु म? अनि फेरि निरन्तरता दिन्छु । यद्यपि, मेरा अपरिचित तथा अल्पपरिचित साथिहरू “दिनभरी भाषण पड्काएर, सॉझ भट्टिमा पस्नु र जवानिको पसिना स्वदेशमा सकाएर, उमेर ढल्केसी जिम्मेवारीका साथ विदेश पस्नुमा फरक छ । अनलाइन देख्ने बित्तिकै नेटनोग्रफी (Netnography) भट्टी नसम्झिनुस। उनले आफ्नी जन्म दिने आमासंग भलाकुसारी गरेकी पनि हुन सक्छिन।”

राधा अर्याल / वालिङ , स्याङ्जा हाल क्यानडा