आगामी महाधिवेशन पछि कांग्रेस बीपीको मार्गचित्रमा अगाडि बढ्छ : महामन्त्री कोइराला

२ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
707 Shares


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशन पछि आफ्नो पार्टी बीपीको मार्गचित्र अनुसार अगाढि बड्ने बताएका छन् । कांग्रेसलाई बीपी कोइरालाको मागचित्रअनुसार अघि बढाउन आफू लागिपर्ने उल्लेख गर्दै कोइरालाले भने, ‘आगामी महाधिवेशनपछि कांग्रेस बीपी कोइरालाको मार्गचित्रअनुसार अघि बढ्छ ।’

डा. कोइरालाले प्रदेश र स्थानीय तहमा ३० प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा संघीय सरकारप्रति आपत्ति जनाए । कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार बलियो भए पनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको कोइरालाको भनाइ छ । प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री–जी’ को सोमबार काठमाडौंमा बिमोचन गर्दै डा. कोइरालाले कांग्रेसले समृद्धिका लागि आधार तयार पारे पनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया