बझाङ बाट आयो दु:खद खबर : जीप दुर्घटना हुदाँ ९ जनाको मृत्यु

२ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
75 Shares


बझाङ – बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।

जीप खसेको स्थान अफ्ठ्यारो भीर भएकाले उद्दारमा कठिनाई भएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली घटनास्थलमा पुगेको बताइएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया