बिदेशबाट फर्केर व्यवसायिक च्याउ खेती

प्रकाशित मिति:

प्रकाश डोटेल

स्याङ्जा, २८ साउन । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ८ प्रगतिटोलका कृष्णराज पाण्डेले स्याङ्जामा ब्यवसायिक च्याउ खेती गर्दै आएका छन् । ४७ वर्षिय पाण्डेले स्याङ्जाको वालिङ नगरपालिका ८ ढाबखोलामा ब्यवसायिक रुपमा च्याउ खेती गर्दै आएका हुन् ।

करिब ८ रोपनी जग्गा भाडामा लिएर पाण्डेले गहौंकालिका च्याउ उद्योग दर्ता गरी झण्डै २ वर्ष अघिदेखि कन्ये जातको च्याउको ब्यवसायिक उत्पादन गर्दै आएका छन् । पाण्डेले सञ्चालन गरेको फर्मबाट हाल दैनिक १ सय ५० किलोग्राम च्याउ उत्पादन हुने गरेको छ ।

कामको खोजिमा खाडी मुलुकका विभिन्न देशकोमा पसिना बगाउन पुगेका पाण्डेले बिदेशमा काम गर्नुको सट्टा स्वदेशमै पसिना बगाउन सके धेरै प्रगति गर्न सकिन्छ भन्ने सोचेर च्याउ खेतीमा लागेको सुनाए । ब्यवसायी पाण्डे भन्छन्, “बिदेशबाट र्फकेर आएपछि च्याउ खेतीका बारेमा तालिमहरु लिए“ र यो ब्यवसाय थालेको हु“ ।”

प्रति केजी ३ सयमा स्याङ्जाका वालिङ, गल्याङसहित बुटवल, पोखरा, आबुखैरेनी, नेपालगञ्ज लगायतका बजारमा उत्पादित च्याउको खपत हुने गरेको सञ्चालक पाण्डे जानकारी दिए । उत्पादन गर्न सके बजारको समस्या नरहेको उनको अनुभव छ ।

“उपयुक्त तापक्रम मिलेको खण्डमा च्याउ लगाएको १७ दिनदेखि झण्डै दुई महिनाको अवधिसम्म च्याउ टिप्न सकिन्छ ।” पाण्डेले भने, “च्याउ खेतीबाट छिटो र सजिलोस“ग आम्दानी लिन सकिन्छ ।” दिनानुदिन च्याउको माग बढीरहकाले च्याउका टहराहरुको संख्यामा बृद्धि गर्ने तयारीमा रहेको उनले बताए ।

ब्यवसाय गरेर भन्दा पनि झोला लिएर बजारबाट घरतर्फ आउने बानी बढेको तर्फ चिन्ता व्यक्त गर्दै पाण्डेले भने, हरेक व्यक्तिलाई एक÷एक ब्यवसायमा आबद्ध गराउन सक्ने हो भने बिदेशमा जान नपर्ने उनको बुझाई छ । र्फममा अवलोकनका लागि आएका युवाहरुले समेत उनको सिको गर्दै च्याउ खेती गरेको उनले बताए ।

च्याउ खेतीमा आक्रर्षण बढेकाले घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जामा करिब २ दर्जन च्याउ उद्योग दर्ता भएका छन् । कार्यालयका अनुसार २ दर्जन उद्योग दर्ता भएपनि एक दर्जन उद्योगले च्याउ उत्पादन गर्दै आएका छन् ।