काठमाडौंकेन्द्रीत अर्थतन्त्र विकेन्द्रीत गरौं : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति:

२ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले मुलुकको अर्थतन्त्र अझै काठमाडौंकेन्द्रीत रहेकाले प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने बताएका छन् । आर्थिक वर्ष २०७६।७७को वजेटका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले अर्थतन्त्रको अधिकांश हिस्सा काठमाडौं उपत्यकामा थुप्रिएको औंल्याए ।

अहिले सिंगो अर्थतन्त्र काठमाडौं भ्यालीमा थुप्रिएको छ, काठमाडौंले नै डोमिनेट गरेको छ’–मुख्यमन्त्री पोखरेलले भने–‘काठमाडौं केन्द्रीत अर्थतन्त्रले देशको सन्तुलित विकास हुन सक्दैन तसर्थ अर्थतन्त्रलाई प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने अवस्था आइसक्यो ।’ प्रदेश ५ सरकारले काठमाडौंकेन्द्रीत अर्थतन्त्रलाई बाहिर ल्याउने हिसाबले अघि बढेको बताए । प्रदेश ५ को अर्थतन्त्र जनसंख्याका हिसाबले कमजोर भएको औंल्याउंदै ककूल गार्हस्थ उत्पादनका हिसाबले भने प्रदेश ५ अन्य प्रदेश भन्दा अगाडि रहेको स्पष्ट पारे । आउंदो आर्थिक वर्ष कूल गार्हस्थ उत्पादन ८ प्रतिशत पु¥याउने लक्ष्य निर्धारण गरिएको र पूरा गरेरै छाड्ने बताए । चालु आर्थिक वर्षको वजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब वजेट बढी खर्च गर्न सफल भएको बताए । अहिलेको वजेट ८ महिनाभित्रै खर्च गरिसक्ने मुख्यमन्त्रीले दावी गरे । विपक्षीले भनेजस्तो वजेट वितरणमुखी र पहाडमुखी नभएको भन्दै आवधिक योजना र नीति तथा कार्यक्रममा आधारित रहेर बनाइएको भन्दै मुख्यमन्त्रीले वजेटको बचाउ गरे ।