दुखद खबर , उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति:

उदयपुर/उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका १ छुईलामा सोमबार करेन्ट लागेर १ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका छन् मृत्युहुनेमा ३१ वर्षीय गुणराज खड्का रहेका छन् ।

३१ वर्षीय गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको देखेपछि तत्काल मेन स्विच मार्ने क्रममा श्रीमती वर्ष ३० की सम्झना खड्कालाई समेत करेन्ट लागेको थियो ।करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र बेल्टार पठाइएकोमा गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा दिउँसो पौने ३ बजे सोही स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।