इजिप्टका पूर्व राष्ट्रपतिको निधन

प्रकाशित मिति:

 एजेन्सी /अदालतमा बयान दिने क्रममा ढलेका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको मृत्यु भएको छ ।अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो । षडयन्त्रको आरोपमा अदालतमा आफ्नो पक्ष राखेको केही समयपछि नै मोर्सी ढलेका थिए ।

सरकारी टेलिभिजनले मार्सीको मृत्यु हृदयघातको कारण भएको जनाएको छ । मोर्सी हाल प्रतिबन्धित रहेको मुस्लिम ब्रदरहुडका शीर्ष नेता थिए । उनी ६७ वर्षका थिए ।मोर्सीविरुद्ध व्यापक विरोध प्रदर्शन भएपछि सेनाले मोर्सीलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो । मुस्लिम ब्रदरहुडले हत्या भएको जनाएको छ । परिवारका सदस्यहरुले उच्च रक्त चाप र मधुमेहका रोगी मोर्सीको गम्भीर स्वास्थ्य समस्या हुँदा पनि उपचार नपाएको जनाएको छ ।

जेलमा एक्लै बन्दी अवस्था राखिएका मोर्सीलाई एक महिनामा परिवारका तीन जना सदस्यलाई मात्रै भेट्न दिने गरिएको थियो । उनलाई वकिल तथा चिकित्सकलाई समेत भेट्ने नदिने नगरिएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।