दुखद खबर ,बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

प्रकाशित मिति:

 नवलपरासी/नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् ।गैँडाकोट–१० सिस्नेमा सोमबार राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक बुलिङटार–३ का ३७ वर्षीय विष्णु निर्मल गिरी घाइते हुनुभएको छ । उनको अवस्था गम्भीर रहेको छ ।उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते गिरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।