आजको मौसम : पूर्वानुमान महाशाखा भन्छ – ‘हावाहुरीसहित वर्षाको सम्भावना छ’ ।

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – प्रिमनसुन जारी रहेकाले आज (मंगलबार) पनि मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गर्दै देशभर आंशिक बदली हुने तथा केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै पूर्वी तथा मध्य क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको ३ दिने मौसमी अवस्थाको पूर्वानुमान यस्तो छ ।

असार ३ गते (मंगलबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

असार ४ गते (बुधबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

असार ५ गते (बिहीबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।