ॐ मंगलबार हनुमानको पूजा-पाठ गरे, हर मनोकांक्षा हुन्छ पूरा

३ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


शास्त्रअनुसार कलियुगमा सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको विशेष पूजा–अर्चना गरे सर्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ । हनुमानजीलाई प्रसन्न पार्न सकेको खण्डमा त्यस्ता व्यक्तिको कार्य आफै सम्पन्न हुने भनाइ पनि छ ।

भगवान श्री रामका परम भक्त हनुमानजीको पूजामा केही विशेष कुरामा ध्यान दिनु पर्ने पण्डितहरुको भनाइ छ । मंगलबारको दिन हनुमानजीको पूजा–पाठ गर्ने व्यक्तिलाई सफलता, शौभाग्य मिल्नुका साथै मांगलिक दोष तथा क्रोध नियन्त्रण जस्ता दुष्प्रभावबाट मुक्ति मिल्नेछ । यस्तै जीवनको सबै मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ ।

हनुमानजीलाई प्रसन्न गर्न हनुमान चालिसाको पाठ वा सुन्दरकाण्डको पाठ गर्नु उत्तम हुनेछ । बिहान हनुमानजीको प्रसादको रुपमा गुड, नरिवल, लड्डु चढाउनु पर्छ । हनुमानजीको पूजा गर्ने व्यक्तिले ब्रह्मचर्यको पालना गर्न आवश्यक हुन्छ । सफासग्घर रहनुका साथै फोहोरी कुराबाट टाढा रहनु पर्दछ । शरीर तथा मनलाई पनि सँधै शुद्ध राख्नु पर्दछ । पूजामा रातो वा पहेलो रंगको फूल विशेष रुपमा चढाउनु पर्छ । यस्ता फूलमा कमल, गुलाब आदिको विशेष महत्व रहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने