विद्यार्थी कुटेको आरोपमा तीन पत्रकारसहित चार जनाविरुद्ध सार्वजनिक मुद्दा

प्रकाशित मिति:

उदयपुर –  प्रहरीले विद्यार्थी कुटेको आरोपमा तीन पत्रकारसहित चार जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको छ । स्थानीय पत्रकार देवराज राई, चित्रकुमार कार्की, रमिला बस्नेतसहित चार जनाको समूहले आइतबार चौदण्डीगढी नगरपालिका–६ स्थित ज्योती बहुमुखी क्याम्पस बेल्टारमा बिएड प्रथम वर्षमा अध्ययनरत विद्यार्थीमाथि कुटपिट गरेका थिए ।

दिउँसो साढे ४ बजे शिक्षकले पढाइरहे बेला कक्षा कोठामानै पुगेर बिएड प्रथम वर्षका अजय राईलाई कुटपिट गरेपछि पत्रकारसहित चार जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको प्रहरी निरीक्षक गंगा पौडेलले बताउनुभयो । शिक्षक द्रोण पराजुलीले पढाइरहेको बेला पत्रकारहरु एक्कासी कोठामा प्रवेश गरी विद्यार्थीमाथि कुटपिट गरेको प्रहरी निरीक्षक पौडेलले उल्लेख गर्नुभयो ।

कक्षा कोठामा पढाइभइरहेको बेला विद्यार्थीमाथिको कुटपिटले शैक्षिक वातावरण धमिल्याउने कार्य भएको निरीक्षक पौडेलको भनाइ छ । निरीक्षकका पौडेलका अनुसार उनीहरुलाई सार्वजानिक हित, शान्ति तथा स्वास्थ्यविरुद्ध अपराध मुद्दा दर्ता गरिएको छ । पत्रकार राई उदयपुर पत्रकार महासंघमा आवद्ध साधारण सदस्य तथा गाईघाटबाट प्रकाशित हुने त्रियुगा एक्सप्रेस दैनिकका कार्यकारी सम्पादक हुन् ।

यस्तै, चित्रकुमार कार्की उदयपुरबाटै प्रकाशन हुने उदयपुर सिम्रिक दैनिकका कार्यकारी सम्पादक हुन् । पत्रकार नै भनेर हिड्ने हेण्डवल खेलाडी तथा मिस प्रदेश १ की विजेता रमिला बस्नेत पनि पक्राउ परेकी छन् । कार्की र बस्नेत पत्रकार महासंघमा आवद्ध छैनन् । राई, कार्की र बस्नेतको टोलीमा स्थानीय युवा शिव रोइलासमेत पक्राउ परेका छन् ।

पक्राउ परेका सवै चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिकाका बासिन्दा हुन्। पत्रकार महासंघको सदस्यता खारेज विद्यार्थी कुट्ने पत्रकारको नेपाल पत्रकार महासंघको सदस्य खारेज भएको छ । पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का र सचिव प्रशुराम थापाले विज्ञप्ति जारी गर्दै देवराज राईलाई साधारण सदस्य हटाइएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय परिसर भित्र प्रवेश गरी अध्ययन गरिरहेका विद्यार्थी कुटपिटप्रति महासंघ दुखि छ ।

यसर्थ घटनाको निश्पक्ष छानविन गरी यथार्थ जानकारी ल्याई दिन समेत हामी सम्बन्धित निकायसँग अपिल गर्दछौ । घटनामा संलग्न पात्रहरु चित्र कार्की, रमिला बस्नेत महासंघका सदस्य समेत नरहेको जानकारी गराउँदै महासंघका साधरण सदस्य देवराज राईलाई नेपाल पत्रकार महासंघको विधानको दफा ३२ अनुसार पत्रकार आचारण विपरित कार्य गरेकाले अनुसन्धानलाई सहयोग पु¥याउनको लागि साधरण सदस्यता निलम्बन गरिएको व्यहोरा विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ । कुटेको होइन् सामान्य झगडा पक्राउ परेका पत्रकारले विद्यार्थीलाई कुटपिट नगरेको बताएका छन् । सोमबार प्रहरीले सार्वजानिक हित, शान्ति तथा स्वास्थ्य विरुद्ध अपराध मुद्दा दर्ता गरी म्याद थप्न जिल्ला प्रशासन कार्यालय उदयपुरमा ल्याइएका बेला पत्रकारले यस्तो बताएका हुन् । विद्यार्थी आन्दोलित पत्रकारले क्याम्पस हाता भित्रै विद्यार्थी कुटपिट गरेको भन्दै ज्योती बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित बनेका छन् । – न्युजअफनेपाल