नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजविरुद्ध नेविसंघले गर्‍यो प्रदर्शन

३ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
20 Shares


काठमाडौँ  – नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रदर्शनमा उत्रिएको छ । विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य र नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाहीको माग राख्दै नेवि संघ आन्दोलनमा उत्रिएको हो ।

बानेश्वरस्थित यूनिग्लोबल कलेजअगाडि मंगलबार संघले विश्वविद्यालयको वेतिथीविरुद्ध आन्दोलन गरेको छ । पोखरा विश्वविद्यालयअन्तरगतका ४२ कलेजले नियमविपरित विद्यार्थी भर्ना गरेकोले आन्दोलन गर्नुपरेको नेविसंघले जनाएको छ । संघका अनुसार कक्षा ११ र १२ मा छुट्टाछुट्टै विषयमा ग्रेड ‘सी’ सम्म ल्याउने विद्यार्थीलाई मात्र भर्ना गर्न पाउने नियमविपरित ४२ कलेजले ‘डी प्लस’ ल्याउनेलाई भर्ना गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया