पेस्तोलसहित गौतमबुद्ध विमानस्थलबाट भारतीय नागरिक पक्राउ

प्रकाशित मिति:

यमलाल भुसाल/बुटवल –  जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले गौतमबुद्ध बिमानस्थल भैरहवाबाट हतियार सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ । मंगलवार दिउसो १ वजेको समयमा गौतमबुद्ध बिमानस्थल भैरहवाबाट बुद्धएयरको उडानद्धारा पोखरा जानको लागी टिकट काटेका भारत सिन्दुनगर कृष्णनगर मानसनगर लखनउ उतर प्रदेश ठेगाना भएका वर्ष ५० को उमेश शुक्लालाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले बताउनु भयो ।

शुक्लाकोे लगेज बिमानस्थलको एक्सरे मेसीनद्धारा चेक गर्दा सो लगेज भित्र मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल र ऐ.को राउण्ड १६ (२ म्याग्जीन समेत) फेलापारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।