टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रकाशित मिति:

भक्तपुर/भक्तपुरमा टिपरमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।सूर्यविनायक नगरपालिका– ९ नलिनचोकस्थित बा ४ ख ५६७१ नं को टिपरसँग प्रदेश नं ३–०२–००३ प १२६६ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

मृतक श्रेष्ठ काभ्रेपलाञ्चोक पाँचखाल नपा– ९ घर भई हाल भक्तपुर सूर्यविनायक– ८ सिपाडोल बस्दै आएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करबाट घाइते भएका श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएका थिए ।उपचारका लागि अस्पताल पुर्याएका श्रेष्ठको अस्पतालमै मृत्यु भएको छ । टिपर चालकलाई नियन्त्रणमा लिई उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।