पाँचथरमा २० वर्षीया युवतीको हत्या

प्रकाशित मिति:

पाँचथर/पाँचथरमा एक युवतीको शव फेला परेको छ । पाँचथको हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।शव भेटिको युवती इलाम घर भएकी २० वर्षीया सुजाता तामाङ एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत थिइन् । उनको शव मंगलबार साँझ जङगलको गोरेटो बाटोमा फेला परेको बताइएको छ

हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्षका अनुसार युवतीको घाँटी रेटी हत्या गरेको हुनसक्छ । युवतीको शव रहेको घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।