हमालको ठाउँमा शिवको इन्ट्री

४ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौँ /दशैं सकिए लगत्तै छायांकनमा जान लागेको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकाका लागि अभिनेता राजेश हमाललाई अफर गरिएको थियो । आइतबार आफ्नो सेड्युल नमिलेको भन्दै हमालले फिल्म गर्न नसक्ने आधिकारिक रुपमा जानकारी दिएसँगै उनको ठाउँमा एक समय उनकै प्रतिस्पर्धी अभिनेता शिव श्रेष्ठको प्रवेश भएको छ ।

मंगलबार दिउँसो शिवसँग निर्माण टिमले कागजी सम्झौता गरेको छ । अब, उनले फिल्ममा राजाको भूमिका निर्वाहा गर्नेछन् । उनको छोरा अर्थात् राजकुमारको भूमिकामा प्रदीप र नव अभिनेता मनिष राउत देखिनेछन् । भूमिका छोटो भए पनि उत्कृष्ट भएका कारण फिल्ममा काम गर्न राजी भएको शिवले बताएका छन् । उनी फिल्म बागमतीु पछि पर्दामा देखिएका थिएनन् ।

शिवको प्रवेशसँगै दर्शकमा ‘प्रेमगीत ३’ प्रति झनै उत्सुकता बढेको छ । प्रदीप र शिवको जोडीलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । शिवसँगै फिल्ममा ‘राते काइला’ उपनामले परिचित सुनिल थापा पनि भित्रिएका छन् । उनको पनि फिल्ममा महत्त्वपूर्ण भूमिका रहेको निर्माता सन्तोष सेनले जानकारी दिए । फिल्म २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर बन्न लागेको हो । अहिले निर्माण टिम ‘गीत’ क्यारेक्टरका लागि आवेदन दिएका युवतीहरुको अडिसनमा व्यस्त छ । केही दिनमा एक युवतीलाई फिल्ममा छनोट गरिने निर्माता सेनको भनाई छ । ‘गीत’ क्यारेक्टरका लागि २७ सय बढीले आवेदन दिएकोमा २५ जना ‘सर्टलिस्ट’ मा परेका थिए । यी मध्येबाट निर्माण टिमले उत्कृष्ट ६ समेत छानिसकेको छ । चैत २८ मा रिलिज हुने फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्दैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुई दिने सिएफएलजिको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला…
  • तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न सिटौला नवलपुर…
  • नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
  • नेकपा सचिवालय बैठक सोमबार बस्ने
  • दोस्रो भीरकोट महोत्सव फागुनमा- ‘पर्यटन बर्ष सफल बनाउन महोत्सव’
  • विवाह पछि ऋचा भन्छिन् : ‘माया अनि आर्शिवाद सदैब यसरी…
  • ‘यो स्वर्ण दूध बेचेर मलाई कलेज पढाउने आमालाई’
  • भ्वाइस अफ नेपाल जितेपछि राम लिम्बु ट्रफी लिएरै पहिलो पटक…
  • साग पुरुष बास्केटबल : नेपाल सेमिफाइनलमा
  • जापानी नागरिकको संस्थामा नेपाली अध्यक्ष