विश्वकप क्रिकेटमा इंग्ल्यान्डको शानदार जित, जितसँगै इंग्ल्यान्ड शीर्षस्थानमा

प्रकाशित मिति:

काठमाडौँ /एकदिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानमाथि शानदार जित निकालेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

अफगानिस्तानमाथि शानदार जित निकाल्दै इंग्ल्यान्डले जारी विश्वकपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ५० ओभरमा पाँच विकेट गुमाउँदै दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन मात्रै बनायो ।अफगानिस्तानका लागि मध्यक्रमका हशमतुल्लाह शाहिदिले सर्वाधिक ७६ रन जोडे । उनले ५ चौका र २ छक्का प्रहार गर्दै ७६ रन बनाए । रामत शाहले ३ चौका र १ छक्काको सहयोगमा ४६ रन जोडे, अस्गर अफगानले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४४ रन जोडे, कप्तान गुलबदीन नाइबले २८ बलमा ४ चौका र १ छक्काको प्रहार गर्दै ३७ रन, मोहम्मद नाबीले ९ रन, नजिव हुल्लाहले १५ रन र राशिद खानले ८ रन मात्रै जोड्न सफल भए ।

इंग्ल्यान्डका लागि आदिल राशिद र जोफ्रा आर्चरले समान तीन तीन विकेट लिए भने मार्क उडले २ विकेट लिए ।यसअघि टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको थियो । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो अहिले सम्मकै उच्च योगफल समेत हो ।इङ्ल्यान्डका लागि कप्तान इयान मोर्गानले शानदार शतकीय पारी खेले । ७१ बल खेलका उनले ४ चौका र १७ छक्काको सहयोगमा १४८ रन पूरा गरे ।त्यस्तै जोन्नी बेयरेस्टो र जोय रुटले अर्धशतकीय पारी खेले । बल ९९ बल खेलेका बेयरेस्टोले ८ चौका र ३ छक्काको सहयोगमा ९० रन बनाए । ८२ बल खेलेका रुटले ५ चौका र १ छक्काको सहयोगमा ८८ रन बनाए ।इङ्ल्यान्डका लागि मोइन अलीले ३१ रन बनाउँदा जेम्स भिन्सले २६ रनको योगदान गरे । बलिङतर्फ अफगानिस्तानका लागि गुल्बदीन नइब र दवलत जद्रानले समान तीन–तीन विकेट लिए ।