एक वर्षमा ४३ वटा गैंडा को मृत्यु

प्रकाशित मिति:

काठमाडौँ /चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन् । तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन् । झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए ।

‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर यकिन भएको छैन ।’ विभागले ६० ठाउँको पानी परीक्षण गर्दा पनि केही कारण पत्ता नलागेको उनले सुनाए। मृत शरीर र वासस्थानको जाँच गर्दा पनि केही नखुलेको उनको भनाइ छ। ‘के कारणले मरेको हो भनेर अध्ययनमै छौं’, उनले भने, ‘भारतमा जेडएसआई टेस्ट गराउँदै छौं । त्यहाँबाट पनि केही पत्ता नलागे अन्य मुलुकमा भएको प्रविधिमा जानेछौं।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।