बाढी र पहिरोले जनजीवन प्रभावित

प्रकाशित मिति:

देशका विभिन्न स्थानमा आएको वाढि पहिरोका कारण जनजिवन प्रभावित भएको छ। यस क्षेत्रमा पनि सडकहरु अवरुद्ध हुनुका साथ वाडि पहिरोले जनजिवन प्रभावित भएको हो । उता स्थानीय खोलाहरुमा आएको बाढीले गर्दा तुलसीपुर–लमही सडक खण्डमा यातायात सेवा ठप्प भएको छ । केहीदिन देखिको अविरल बर्षाका कारण तुलसीपुर–घोराही र घोराही–लमही सडक खण्डको यातायात सेवा सोमवार विहानैदेखि अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले बबईमा आएको बाढीले घोराही–लमही सडक खण्डमा विहानैदेखि यातायातका साधन संचालनमा आउन नसकेको जानकारीदिनु भयो त्यस्तै तुलसीपुर–घोराही सडक खण्ड अन्तरगतको गुर्जे खोलामा आएको बाढीले उक्त सडक खण्डपनि अवरुद्ध बनेको छ । तुलसीपुर–घोराही सडक खण्डको बीचमा पर्ने ग्वारखोला, हापुरखोल ,पत्रे फाल्ने खोला लगाएतका खहरे खोलाहरुमा आएको बाढीले गर्दा यातायातका साधन संचालन आउन नसकेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर हुँदै लमहीसम्म झन्डै एक दर्जन बढी खहरे खोलाहरु रहेका छन् । ती खोलाहरुमा पानी मुनी पुल अर्थात कचवे निर्माण गरिएको छ । उक्त सडक खण्डको झन्डै आधा दर्जन खोलाहरुमा पक्की पुल निर्माणको काम भइरहेको छ ।
यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सार्वजनिक अपिल जारी गर्दै राप्ती नदी, बबई नदी र खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।