गुठी विधेयकप्रति माइतीघर मण्डलामा उर्लियो मानबसागर (फोटोफिचर)

४ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
26 Shares


सबलपोस्ट / काठमाडौं – सरकारले गुठी विधेयक फिर्ता गरेपनि खबरदारीका लागि माइतीघर मण्डलामा अहिले विशाल जनप्रदर्शन भइरहेको छ । खबरदारी सभामा राजधानीका विभिन्न स्थानबाट र्‍यालीसहितको जुलुस निकालिएको छ । गुठी विधेयक विरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमले गरेको खबरदारी सभामा सहभागी हुन विभिन्न स्थानबाट जुलुस निकालिँदा राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीको परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार सहभागिताका लागि खबरदारी गर्न खबरदारी सभा गरिएको आयोजकको भनाइ छ । सम्पदाप्रेमीहरुले गुठीसम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलतासमेत भनेका छन् । संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले माइतीघर मण्डलमा खबरदारीसहितको जनप्रदर्शन भइरहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको बताए । ओली सरकारले पछिल्लो समय ल्याएका विभिन्न विधेयकको विरोध भइरहँदा गुठी विधेयकविरुद्धको प्रदर्शन भने चर्कदै गएको छ । यो जनप्रदर्शनलाई ओली सरकारविरुद्धको पहिलो र ठूला प्रदर्शनको रुपमा पनि लिइएको छ ।

फोटोफिचर –

फेसबुकबाट तपाईको प्रतिक्रिया