मुर्गियामा नेपाल बैंँक लिमिटेडको शाखा कार्यलय संचालनमा

प्रकाशित मिति:

४ असार,सैनामैना ।  सैनामैना नगरपालिकामा बैंकहरुले तिव्र रुपमा शाखा विस्तार गरिरहेका छन् । शहरीकरण हुँदै जाँदा नगरपालिकामा बैंकहरुले शाखा विस्तारको कामलाई तिव्रता दिएका छन् । यसैक्रममा मंगलबार मुर्गियामा नेपाल बैंँक लिमिटेडले आफ्नो शाखा कार्यलय मुर्गिया पनि संचालनमा लयाएको छ ।

हिजो मंगलबार बिहान एक कार्यक्रमको आयोजना गरी सैनामैना नगरपालिकाका नगर प्रमुख प्रमुख चित्र बहादुर कार्की, नेपाल बैँक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल बैँक लिमिटेड प्रदेश नं ५ का प्रमुख पासाङ दोर्जी शेर्पाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैनामा बिकास बैँक र वाणिज्य बैँकहरु डेढ दर्जन रहेको उल्लेख गर्दै सैनामैनाको समग्र विकासका लागि बैँकहरुको अत्यन्तै उल्लेखनीय भुमिका रहेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका कार्कीले बैँकहरुले तत्कालिन अवस्थालाई मात्र नहेरी दिर्घकालिन योजनाका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ । कार्कीले सैनामैनाको समग्र विकासका लागि लगानीको आवश्यकता पर्ने हुँदा नगरले बैँक सँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै बैँकको पुर्ण व्यवसायिक सफलताको कामना गर्नुभएको थियो ।  नेपाल बैँक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले नेपालकै पहिलो बैँक नेपाल बैँक लिमिटेड भएको चर्चा गर्दै बैँकले आर्थिक र सामाजिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सरकारी बैँकमा पनि अन्य बैँकमा जस्तै सेवा सुविधाहरु उपलब्ध गराईएको अधिकारीले जानकारी गराउनु भयो ।  नेपाल बैँक लिमिटेड प्रदेश नं ५ का प्रमुख पासाङ दोर्जी शेर्पाले बैकिङ्ग सेवा मार्फत आर्थिक उन्नतीमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बैँकद्वारा उपलव्ध गराईने विभिन्न व्यवसायिक तथा सहुलियतपूर्ण कर्जा सेवाको उचित सदुपयोग गरी फाईदा लिन समेत सेवाग्राहीहरुलाई आग्रह गर्नुभयो ।

त्यसैगरी मुर्गिया शाखा प्रबन्धक सुरेन्द्र सिंह आलेले नेपाल बैँक लिमिटेड सुरक्षित, भरपर्दो र विश्वासिलो बैँक भएको बताउनु भएको छ । उहाँले बैँकबाट बचत खाता, मुद्धती खाता, चल्ती खाता, कल खाता, विदेशी मुद्धा खाता, कर्जा सुविधा, रेमिटान्स , एटिएम, लकर लगायतका सेवा सुविधाहरु रहेको बताउनुभयो ।  कार्यक्रममा समाजसेवी फणिन्द्र प्रसाद शर्मा, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री, कालीदत्त गुल्म सालझण्डीका कार्यालय प्रमुख अरुण श्रेष्ठ लगायतले बोल्दै उद्योगी व्यवसायीको हितमा रहेर सेवा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम नेपाल बैक लिमिटेड सिटी अफिस खस्यौलीका शाखा प्रबन्धक कल्पना ढकालको स्वागत तथा संचारकर्मी सुरज थापा मगरको संचालनमा सम्पन्न भएको हो ।