राजपाले चौथो मधेस आन्दोल गर्ने

४ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएका हुन् । सरकारले रोष्ट्रम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उनले लगाए ।

उनले भने, “सरकार कुन बेला बोल्ने ? रोष्ट्रम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाइराखेको रहेछ । संख्यागत रुपमा हामी जति भएपनि रोष्ट्रम घेर्नका लागि हामी डराएको होइन । संस्कृति नबसोस् । संसद सुचारु रहोस् । सुचारु रुपमा चलोस् भन्ने संसदीय मर्यादाको पालन गरेको हो । सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्ट्रम घेराउ गर्दछौं ।”

उनले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरि तरबार चलाउने काम गरेको आरोप लगाए । सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उनले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए । उनले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेस आन्दोलन निम्त्याएको हो ?’ भनी प्रश्न गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका
  • आज शनिबारको राशिफल
  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग