बजेटले सम्बेधन नगर्दा स्मार्ट सिटी छट्पटायो : सांसद मल्ल

प्रकाशित मिति:

प्रकाश डोटेल ,स्याङ्जा-  आर्थिक वर्ष २०७६÷०७७ को प्रस्तुत गण्डकी प्रदेशको बजेट माथि बहस गर्दै प्रदेश सांसद भागवतप्रकाश मल्लले प्रदेशले बजेट नदिदा स्मार्ट सिटी बन्ने अभियानमा रहेको स्याङ्जाको वालिङ नगरपालिका छट्पटाएको बताएका छन् । बजेट भाषणमा सम्बोधन नभएपछि स्मार्ट सिटी वालिङ् छट्पटान बाध्य भएको उनको भनाई थियो ।

“मेरो जिल्लाको वालिङ नगरपालिका स्मार्ट सिटी बन्ने पखाईमा छ ।” सांसद मल्लले भने, “घोषित बजेटमा प्रदेश सरकार स्मार्ट सिटी बनाउने सबालमा कानमा तेल हालेर बसेको छ ।” सिद्धार्थ राजमार्गका बारेमा समेत प्रदेशको बजेटले आँखा चिम्लिए अन्याय गरेको उनको जिकिर थियो । प्रदेश सरकार प्रदेशभित्रका सबै निकायको अभिभावक बन्न सक्नेपर्छ ।” उनले भने, सम्बृद्धिका ठूला गफ दिने पोखरा–भैरहवा जोडिने माध्यम सिद्धार्थ राजमार्गका बारेमा चुपचाप बस्ने ? ।” जनतासँग कुरा गर्दा गण्डकी प्रदेशलाई पर्यटन नै सम्बृद्धिको आधार भन्ने तर व्यवहार ठिक उल्टो गर्ने स्मार्ट सिटी वालिङ र सिद्धार्थ राजमार्गका बारेमा बजेट चुप हुनु नै यसको ज्वलन्त उदारहण भएको मल्लले बताए ।

“गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० हजार जनालाई रोजगारी दिने र १ लाखलाई स्वरोजगारीका अवसर सिर्जना गर्ने घोषणा सहित बजेट ल्याएको थियो ।” बहसमा बोल्दै मल्लले “आर्थिक वर्ष २०७६÷७७ को बजेटले भने रोजगारीका अवसर सिर्जना गर्न कम्तीमा १० हजारलाई तालिम दिने भनेर १७ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।” उनले थपे विनियोजित बजेटबाट काम गर्ने हो कि कनिका छरेजस्तो गरि पैसा छर्ने ?

“तालिमका नाममा १७ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेर सरकारको प्राथमिकतामा रहेको प्रादेशिक औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा भने २ करोड रुपैयाँमात्रै विनियोजन गरेर सरकारले के उपलब्ध हासिल गर्न खोजेको पत्तो भएन् ।” सांसद मल्लले भने, “सरकारले अन्तर्राष्ट्रियस्तरको आधुनिक सुविधा सम्पन्न बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण कार्यलाई निरन्तरता दिने भनिए पनि बजेट सस्तो लोकप्रियता र वितरणमुखी छ । सरकारले भौतिक पूर्वाधारमा केन्द्रित गरेको बजेट बाहेक अन्य बजेट वितरणमुखी र व्यक्ति पोस्ने बजेट लिएर आएको उनले बताए । उनका अनुसार सडक, पुल, खानेपानी, सिचाईं, ऊर्जा लगायत पूर्वाधार निर्माणमा सरकारले कुल बजेटको ४५ प्रतिशत विनियोजन गरेको छ, तर यो समय सान्दर्भिक होईन । चालु आर्थिक वर्षमा कृषि, शिक्षा र पर्यटनका कार्यक्रम आलोचित बने, मैले होईन जनताले भनेका हुन् ।” तरुण दल स्याङ्जाका अध्यक्ष समेत रहेका सांसद मल्लले भने, “यसपटक कृषि क्षेत्रको बजेटमा अधिकांश शीर्षकमा रकम नखुलाई कार्यक्रम मात्र समावेश गरिएको छ, शीर्षक नदेखाएर सरकारले ‘आमाले लुकाएर छोरीलाई दिने कोशेली’ बनाएको छ बजेटलाई ।”

केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोत गरी ६ अर्ब रुपैयाँको घाटा बजेट घोषणा गरिएकोमा आपत्ति प्रकट गर्दै सांसद मल्लले पुँजीगत तर्फ १९ अर्ब ८४ करोड ९० लाख र चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख गरी ३२ अर्ब १३ करोड रुपैयाँको बजेट सरकारले ल्याए पनि कार्यान्वयनको गतिलो तयारी नभएको बताए ।