नेपाल शिक्षक संघ प्रदेश नम्बर ५ को कार्यालय स्थापना

प्रकाशित मिति:

नेपाल शिक्षक संघ प्रदेश नम्बर ५ ले आज बुटवलको शुख्खानगरमा कार्यालयको स्थापना गरेको छ । आज संघले एक कार्यक्रमको आयोजना गरि नेपाल शिक्षक संघका सघीय अध्यक्ष राजेन्द्रराज पौडेलले उद्घाटन गर्नु भएको हो । देश सघीयतामा गएपछि नेपाल शिक्षक संघले स्थानीय , प्रदेश तहमा शाखा विस्तारसँग कार्यालय स्थापनालाई तिव्रता दिएको छ । उद्घाटन लगत्तै आयोजना गरिएको गोष्ठी कार्यक्रमलाई संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेलले सम्बोधन गर्दै पेशागत हक हितसँगै नेपालको शैक्षिक गुणस्तरको लागि नेपाल शिक्षक संघ जिम्मेवार रहेको बताउँनु भएको छ । उँहाले ७७ जिल्ला र सबै स्थानीय तहहरुमा संघको विधान संसोधन गरी शाखा विस्तार भैसकेको जानकारी दिनु भयो । .
प्रदेश नम्बर ५ का अध्यक्ष अजुन कुमार योगीले नेपाल शिक्षक संघले पेशालाई सुदृढ बनाउँदै आफ्नो पेशागत हकहितमा काम गर्ने बताउनु भयो । संघले रचनात्मक काम गर्दै शिक्षाको गुणस्तर कायम गर्नको लागि शिक्षक, अभिभावक , विद्यार्थी लाग्नु पर्नेमा जोड दिनु भयो ।

यसै बिचमा संघले नेपाल शिक्षक महासंघको लागि गुल्मीका प्रेमनारायण भण्डारीलाई अध्यक्षमा पठाएको घोषणा गरेको छ । यस्तै कुलप्रसाद लामिक्षाने, नवराज ढुंगाना, माधव पोख्ररेल, दधिराम न्यौपाने ,मिना चन्द्र , दिलकुमारी ओलीको नाम पदाधिकारी र सदस्यको लागि उक्त कार्यक्रममा घोषाणा गरिएको हो । नेपाल शिक्षक संघ प्रदेश नम्बर ५ का महासचिब लाल प्रसाद पंगेनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।