डिप्याक बैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल –एएचएफ नेपाल बुटवलको आयोजनामा जिल्ला परियोजना सल्लाहकार समिति( डिप्याक) को बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ ।जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एएचएफ नेपाल बुटवलका क्षेत्रीय संयोजक धर्मराज भट्टराईले एएचएफ नेपाल ले गरेका कार्यविवरण प्रस्तुत गरेका थिए ।

संस्थाले रुपन्देहीको बुटवलबाट रुपन्देही, पाल्पा, कपिलबस्तु नवलपरासी लगायत का जिल्लामा रहेका १ हजार १ सय ६६ जना एचआइभी संक्रमितहरुलाई उपचार सेवा प्रदान गर्दै आईरहेको संयोजक भट्टराईले बताए ।नेपालमा सन २००८ देखी कार्यक्रम सञ्चालन गर्दै आएको एएचएफ नेपालले नेपालका काठमाडौँ,चितवन,रुपन्देही,कपिलबस्तु, कास्की, धनुषा, पर्सा,बाँके, कैलाली लगायतका जिल्लामा एचआईभी संक्रमितका लागि उपचार सहयोग कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्माले एएचएफले गरेकोकार्य सह«ायिन भएको बताउदै एचआईभी रोकथाममा सबैले आ आफ्नो क्षेत्रवाट जिम्मेवारी पुर्वक कार्य गर्नुपर्ने कुरामा जोड दिए ।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका एचआईभी फोकल पर्सन मोती प्रसाद पौडेल, गैरसरकारी महासंघ रुपन्देहीका अध्यक्ष रिमा वि.सी.,जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत सहदेव गौतम लगायतको उपस्थिती रहेको थियो ।