दुखद खबर रुपन्देहीको कञ्चनमा सवारी दर्घटना, दुर्घटनामा ६ जना घाईते

प्रकाशित मिति:

कञ्चन-जगिलाल थापा/जिल्ला रुपन्देही कञ्चन गाउपालिका वार्ड नं। ३ प्रतापपुर चौकमा दुइ मोटर साइकल एकआपसमा ठोक्किएर दुर्घटनामा परेको छ। दुर्घटनामा परी मोटर साइकलमा सवार ६ जना घाइते घाइते भएका छन।सो दुघर्टनामा हरैया बजारबाट लुम्बिनी तर्फ जादै गरेको लु २५ प ७७५८ नम्बरको मोटरसाइकल र बिपरीत दिसाबाट आउदै गरेको लु २१ प ६२९५ मोटर साइकल सांझ ५ बजे एक आपसमा ठक्कर खाई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी लु २५ प ७७५८ नम्बरको मोटरसाइकल चालक कञ्चन ३ हरैया बस्ने बर्ष २२ का प्रबित कहांर सोही मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका बार्ड नं। १३ बस्ने बर्ष २० का प्रकाश कहांर र सोही स्थान बस्ने बर्ष ३० का मदन यादव र लु २१ प ६२९५ मोटर साइकलमा सवार जिल्ला कपिलबस्तु बुद्धभुमि नगरपालिका वार्ड नं। ८ बस्ने बर्ष ३१ का हेमराज पन्थी सोही मोटर साइकलमा सवार हेमराज पन्थीकी श्रीमती बर्ष २७की पार्बती पन्थी र २ महिनाकी छोरी पुर्णिमा पन्थी घाइते भएका छन।दुबै तर्फबाट आएका मोटरसाइकलमा ३÷३ जना सवार भएको र गति नियन्त्रण हुन नसकेपछि एक आपसमा ठोक्किन गै दुर्घटना भएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक कञ्चन ३ हरैया बस्ने बर्ष २२ का प्रबित कहांर सोही मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका बार्ड नं। १३ बस्ने बर्ष २० का प्रकाश कहांर र सोही स्थान बस्ने बर्ष ३० का मदन यादवलाई उपचारका लागि साझा अस्पताल प्रा।लि। बुटवलमा लगिएको छ भने लु २१ प ६२९५ मोटर साइकलमा सवार जिल्ला कपिलबस्तु बुद्धभुमि नगरपालिका वार्ड नं। ८ बस्ने बर्ष ३१ का हेमराज पन्थी सोही मोटर साइकलमा सवार हेमराज पन्थीकी श्रीमती बर्ष २७की पार्बती पन्थी र २ महिनाकी छोरी पुर्णिमा पन्थीको उपचार क्रिमसन अस्पताल मणिग्राममा भैरहेको इलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ।घाइते ६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि इप्रका,रुद्रपुरले जनाएको छ।