विश्वकप क्रिकेट : अस्ट्रेलियासँग अंक खोस्ने लक्ष्यमा बंगलादेश

प्रकाशित मिति:

इङ्ग्ल्यानन्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहीबार) अस्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्  नोटिङघमस्थित ट्रेन्ट ब्रिज क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । अंक तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको अस्ट्रेलिया बंगलादेशमाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । यस्तै, ५ खेलबाट समान ५ अंक नै जोड्न सकेको बंगलादेश अस्ट्रेलियासँग अंक खोस्ने दाउमा रहेको छ ।

अस्ट्रेलियाले अहिलेसम्म भारतसँग बाहेक सबै टोलीमाथि सहज जित हात पारेको छ भने अस्टेलियाका लागि ब्याट्सम्यान डेभिड वार्नर, स्टेभ स्मिथ र कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यस्तै, बंगलादेशले यसअघिको वेष्ट इन्डिजविरुद्धको खेलमा जित हात पार्दा शाहब अल हशन र लिटोन दासले उत्कृष्ट ब्याटिङ गरेका थिए । शाहबले जारी विश्व्कपमा २ शतक प्रहार गरीसकेका छन् भने उनीबाट अस्ट्रेलियाविरुद्ध पनि राम्रो ब्याटिङको अपेक्षा गरीएको छ । – एजेन्सी