विविध कार्यक्रम गरी युवा दिवश मनाईयो

प्रकाशित मिति:

कपिलवस्तुको तौलिहवामा बिबिध कार्यक्रमको आयोजना गरि अन्तरराष्ट्रिय युवा दिवश मनाईएको छ ।
सनसाईन सामाजिक बिकास संस्थाको सहयोगमा कपिलवस्तु नगरपालिका र जिल्ला युवा समितीको आयोजनामा “समृद्ध नेपालका लागी स्वस्थ्य, कर्मठ र उधमी युवा”नाराका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरि दिवश मनाईएको हो । सो अवसरमा बोल्ने अधिकांस वक्ताले युवालाई शिक्षा, स्वास्थ्य र स्वरोजगारको सृजना गराउन सके मात्र देश सम्बृद्ध हुने बताए । बैदेशिक रोजगारीमा युवा आर्कषण बढदा देश बिकास प्रभावित भएको सहभागीको भनाई थियो । सो अवसरमा बोल्दै युवा संघका सचिवलाय सदस्य टोपलाल पोख्रेलले युवालाई स्वरोगार बनाउन बृहत कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिनु भयो
युवा परिषदलाई प्रदेश र नगरस्तर सम्म बिस्तार गरि युवाका मुद्दा सम्बोधन गर्न आवश्यक रहेको उहाको भनाई थियो । कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले युवालाई रचनात्मक गतिबिधीमा संलग्न गराई बिकृती र बिसंगतीबाट जोगाउन सके युवाहरु उत्पादनशिल क्षेत्रमा लाग्न संभव हुने बताउनु भयो । युवा सँग प्रतिभा भए पनि समयमै प्रतिभाको पहिचान र आवश्यक सहयोग नहुदाँ युवाको सक्रियता घटदै गएको नगर उपप्रमुख लक्ष्मी गुप्ताले बताउनु भयो ।
सो अवसरमा जिल्ला युवा समितीका अध्यक्ष टुकलाल गैरेले पहिल्लो समय राज्यले युवाको सिर्जनशिलतालाई प्रोत्साहन दिन प्रयास गरेको बताउनु भयो । दुई बर्ष अघि नेपालका युवाको अवस्था १ सय ४५ औं स्थानमा रहे पनि अहिले युवाको स्थान ७७ स्थानमा पुग्नु युवाका लागी लक्षित कार्यक्रमका कारण भएको उहांको भनाई थियो ।