गुल्मीमा आर्थिक वर्ष २०७३/ ७४ को कार्य प्रगति विवरण सार्वजनिक

प्रकाशित मिति:

जिल्ला प्रशासन कार्यालय गुल्मीले गत आर्थिक वर्षमा प्रशासन कार्यालयवाट भएगरेका कार्य प्रगतिको गतिविधि विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कार्यालयमा प्रत्रकार सम्मेलन मार्फत उक्त कार्य सम्पादनका गतिविधिको जानकारी गराएका हुन् । प्रशासन कार्यालयले गत आथिक वर्षमा १८ हजार ३ सय ६१ व्यक्तिलाई नागरिकता वितरण गरेको छ भने ४ हजार १ सय २५ जनालाई राहदानी वितरण गरेको बताईएको छ । कार्यालयमा गत आर्थिक वर्षमा १ सय ५२ वटा ठाडो उजुरि परेको, ४ सय ११ वटा पसलहरुको बजार अनुगमन निरिक्षण गरेको, २२ वटा सरकारी कार्यालयहरुको छड्के निरिक्षण समेत गरेको जनाईएको छ ।
पत्रकार सम्मेलनमा भुतपुर्व पेन्सनरहरुको सिफारिस, संस्था दर्ता एवं नविकरण, नावालक परिचय पत्र, दैवि प्रकोपहरुका लागि राहत वितरण लगायतका सेवाहरुको वारेमा पनि जानकारी गराईएको थियो । जिल्ला प्रशसन कार्यालयले गत आर्थिक वर्ष ०७४÷७५ मा कुल २ करोड ५१ लाख ६१ हजार २ सय ५६ रुपैयाँ राजस्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

प्रशासन कार्यालयलाई सुशासनयुक्त सेवामैत्री कार्यालय वनाउनका लागि कार्यालयको तर्फवाट यस आर्थिक वर्षमा सम्पादन गर्न लागेका गतिविधि र त्यसका लागि गरिएका प्रयत्नहरुका वारेमा समेत अवगत गराईएको थियो । जस अन्र्तगत प्रशासन कार्यालयले लागु औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रण, सवारी दुर्धटना नियन्त्रण, महिला तथा वालवालीका विरुद्ध अपराध, आत्महत्या तथा वालवलीका विरुद्धका अपराध र आर्थिक अपराध नियन्त्रण जस्ता विषयहरुलाई प्रमुख प्राथमिकताका क्षेत्रहरुमा समावेश गरेको छ
कार्यक्रममा संचारकिर्महरुले विकास निर्माण, यातायात, औषधि पसल, ट्राफिक व्यवस्थापन, आत्म हत्या, सामाजिक अपराध र लैङ्गीक हिंसा लगायतका विषयमा देखिएका समस्या समाधानका लागि सुरक्षा निकाय तथा प्रशासन कार्यालय अझ चनाखो हुनु पर्ने सुझाव समेत दिएका थिए ।