काठमाडौंको गोकर्णमा बस दुर्घटना, १ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं– काठमाडौंको गोकर्णमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । सुन्दरजलबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोक भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

महानगरीय प्रहरी बृत्त बौद्धले दुर्घटनामा १ जनाको मृत्यु भएको जानकारी दिएको छ । बस दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । तस्बिर – सरोज बस्नेत 

थप समाचार