राम्रो कामको सुरुवात – ‘ वृद्धवृद्धा संगै मनाए बुटवलका एक संचारकर्मीले आफ्नो जन्मदिन ‘

प्रकाशित मिति:

सुदिप गौतम/बुटवल – पछिल्लो समयमा जन्मदिन मनाउने शैली फेरिदै गएको छ । बिभिन्न ब्यक्तिहरुलाई भेला गराई रमाईलो गर्ने गरेपनि केहिले भने जन्मदिन फरक तरिकाले मनाउन थालेका छन । बिभिन्न सामाजिक काम गरि जन्मदिन मनाउने यो कार्यलाई सकारात्मक रुपमा लिन सकिन्छ । हुन् त् जन्म दिन आफैमा पनि एक विशेष दिन हो ।

यहि बिशेष दिनमा बुटवलका एक संचारकर्मी सन्तकुमार श्रेष्ठले पनि आफ्नो आज परेको जन्मदिनको पावन अवसरमा पाल्पा जिलामा पर्ने तिनाउ गाउपालिका को सिद्दबाबा मन्दिर परिसरमा रहेका २० जना वृद्ध वृद्धा लाई भोजन गराई आफ्नो जन्मदिनको खुसि साटासाट गरेका छन । उक्त कार्यक्रममा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

उनले भने – आउँदा दिनमा आफ्ना काम संगै सामाजिक सेवाको कामलाई पनि निरन्तरता दिनेछु । दिनदुखी हरुलाई भोजन गराउन पाउँदा आनन्द भएको संचारकर्मी श्रेष्ठले बताए । संचारकर्मी श्रेष्ठले  समतल अनलाइन संचालन गरेका छन भने तिनाउ एफ.एम बुटवलमा कार्यरत छन ।